ताजा समाचार

विप्लवसँगको सहमति ऐतिहासिक : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग ऐतिहासिक सहमति भएको बताएका छन्। उनले सरकारले आफ्नो तर्फबाट तदारुकताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सरकारले आफूले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ। अर्को पक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौँ,’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तामा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ।           

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org