विप्लव राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे सार्वजनिक हुदै
काठमाडौं । सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् ।
राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् । सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने छ ।
सरकार र विप्लव समूहबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको उल्लेख छ । सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।
प्रेस नोटमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने उल्लेख भए पनि विप्लव समूहसँग भएका हतियारको व्यवस्थापनको विषय उल्लेख छैन । राष्ट्रिय सभागृहको समारोहमा सरकार र विप्लव समूहले हतियार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिने अनुमान गरिएको छ ।
संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै विप्लवले छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि सुरु गरेका थिए । हत्या, हिंसालाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
Comments
अरु समाचार
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...