ताजा समाचार

नवलपरासी हुँदै काठमाडौं आउँदैछन् विप्लव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन् ।

सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीनबुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव अहिले बिहान काठमाडौं आउँदै गरेको एक नेताले जानकारी दिए ।

“सरकारले पठाउने भनेको हेलिकोप्टर अस्वीकार गर्नुभयो,” ती केन्द्रीय सदस्यले भने, “राति आउने कुरा थियो तर आउन सक्नुभएन । अहिले बिहान नवलपुरको देवचुलीमा रहेको सहिद परिवारलाई भेटेर काठमाडौं आउँदै हुनुहुन्छ ।”

विप्लवले बिहान सहिद परिवारलाई भेटेर काठमाडौंतर्फ प्रस्थान गरेको ती नेताले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org