ताजा समाचार

विप्लव समूह शान्तिपूर्ण राजनितीमा आउनु महत्वपूर्ण उपलब्धि: मन्त्री ज्ञवाली

अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर छैन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा  शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै पनि राजनीतिक शक्ति संविधान बाहिर नरहेको बताएका छन्।

ज्ञवालीले आज ट्वीट गर्दै पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको गरेका छन्।

उनले भनेका छन्,  ‘पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्। अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर रहेन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org