म्यानमारमा हिंसात्मक दमनविरुद्ध काठमाडौंमा नागरिक अभियन्ताको प्रदर्शन
काठमाडौँ । म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ ।
बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीहरूले म्यानमारमा नरसंहार बन्द गर्नुपर्ने भन्दै आफूहरू त्यहाँका जनताको पक्षमा रहेको बताए । उनीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनर्बहाली गर्न माग राखेका छन् ।
म्यानमारमा गरिएको सैन्य कु र त्यहाँका लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध प्रदर्शन गरिएको आन्दोलनले जनाएको छ । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तीमा ३८ जना मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले ३८ जना मारिएको पुष्टि गर्दै सैनिक ‘कु’ यताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।
राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार फेब्रुअरी १ को सैनिक ‘कु’ को विरोधमा त्यसयता भएका प्रदर्शनमा प्रहरीले दमन गर्दा कम्तीमा ५४ जनाको ज्यान गइसकेको छ । गत आइतबार एकै दिन १८ जनाले ज्यान गुमाएका थिए । समाचार संस्था रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार सुरक्षा फौजले कैयौं नगरहरूमा चेतावनीबिना नै गोली चलाएको थियो ।
गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारका सबैजसो सहरहरूमा विरोध प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् । सेनाले सत्ता कब्जा गरेसँगै नेत्री आङ सान सुचीसहित नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूलाई बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासन अन्त्यको माग गरिरहेका छन् । सुचीलाई विभिन्न चारवटा अभियोग लगाइएको थियो ।
७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ । सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको हो । चुनावमा सुचीको दल एनएलडी भारी मतले विजयी भएको थियो ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...