ताजा समाचार

कांग्रेस प्रतिपक्षमै रहेर देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्छ : सिंह

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्।

सिमरा विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसले सरकारमा जान हतार नगरी विद्यमान संकटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि कांग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाब दिए। उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरेर एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए।

उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए। फरक प्रसंगमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास ग¥यो भने सभापतिका लागि योग्य रहेको प्रष्ट पारे।

उनी पतरौता नगरपालिका–९ कुडवा निवासी स्व रामनारयण यादवको श्राद्धञ्जलि सभामा भाग लिनका लागि बारा आएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org