ताजा समाचार

प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।

प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन् ।

यसअघि नेकपा दलको नेतामा केपी शर्मा ओली रहेका थिए । दाहाल–नेपाल समूहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org