ताजा समाचार

ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउछौँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए  अविश्वास प्रस्ताव ल्याउने नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

नेकपा संसदीय दलको नेतामा चयन भएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ओलीले राजीनामा नदिए आउने दिन झनै असहज हुने उनको टिप्पणी थियो ।

“आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो  त्यतिमात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौँ,” प्रचण्डले भने ।

उनले अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेको बताए ।

“अविश्वासको प्रस्ताव ल्याउन ओलीले नै बाध्य पार्नुभयो । संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नुपर्ने हुन्छ,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org