ताजा समाचार

प्रधानमन्त्री ओलीका यी ३ काम इतिहासमा अविस्मरणीय रहनेछन् : विष्णु रिमाल

काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीका ३ कदम इतिहासमा अविस्मरणीय रहने बताएका छन् ।

शुक्रवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सम्झौता गरेसँगै सल्लाहकार रिमालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले डा. सिके राउतसँगको सहमति पछि पृथकतावादी अभियानको अन्त्य, कालापानी लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन र विप्लव नेतृत्वको नेकपासँग शुक्रवार सम्पन्न सम्झौता इतिहासमा अविस्मरणीय रहने बताएका हुन् ।

सल्लाहकार रिमालले विप्लवसँगको सम्झौता ऐतिहासिक समेत भएको बताएका छन् ।

यस्तो उनको ट्वीट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org