ताजा समाचार

ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने

काठमडौँ  ।  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम नजाने भएका छन् ।

पार्टी एकता अभियान चलाइरहेका गौतमलाई शुक्रबार साँझ उनकै निवास भैँसीपाटीमा ओलीले संसदीय दलको बैठक आउन निम्तो दिएका थिए ।

‘उहाँ (वामदेव) न केपी शर्मा ओली गुटको बैठकमा जानुहुन्छ, न प्रचण्ड र माधव नेपालको गुटको बैठकमा जानुहुन्छ,’ गौतमनिकट स्रोतले भन्यो, ‘त्यसैले आज हुने भनिएको बैठकमा पनि उहाँ जानुहुन्न । उहाँ त पार्टीलाई कसरी एक बनाएर अगाडि बढाउन सकिन्छ भनेर लागि रहनु भएको छ ।’

आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक बस्दै छ । नेकपाकै दाहाल–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई चयन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org