ताजा समाचार

सरकार ढाल्न कांग्रेसकहाँ निवेदन हाल्न जानेलाई ठेगान लगाउछौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न कांग्रेसकहाँ जानेलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

मेलम्ची पानी काठमाडौं प्रवेश गराउँदै उनले भने, “यस्तो राम्रो काम गरेको सरकार ढाल्नका लागि हाम्रै केही मान्छे कांग्रेसकहाँ निवेदन हाल्न गएका छन् । दुईजना ! केपी ओलीको सरकार ढाल्न नेतृत्व लिइदिन पर्‍यो भन्दै गएका छन् । यो जनताको आदेश हो ? जनताले आदेश दिएको त्यसैगरी हो ? विधि पद्धतीका कुरा गर्छन् । झुटा र नक्कली कुरासँग हामी डराउदैनौँ । हामी ठेगान लगाइहाल्छौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org