प्रचण्ड–नेपाल पक्षका नेताहरु सभामुखसँग परामर्शमा
काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु सभामुख अग्नि प्रसाद सापकोटासँगको परामर्शमा जुटेका छन् ।
आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच छलफल भएको थियो । त्यसलगत्तै नेताहरु सभामुख सापकोटासँग परामर्शका लागि उनको कार्यकक्षमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव पक्ष त्यसबारे अझै अनिर्णित बनेको अवस्थामा उनीहरु सभामुखसँग परामर्शमा जुटेका हुन् ।
शुक्रबार आफू पक्षीय संसदीय दलको बैठक बसेर सो पक्षले आज बस्ने प्रतिनिधि सभा बैठक अघिनै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षसहित राजीनामा नगरे अविस्वास प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो ।
यस्तै नेकपा विवादपछि सो पार्टीमा संसदीय दलको नेता र प्रमुख सचेतक दुई–दुई जना छन् । प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको छ भने ओली पक्षले प्रचण्ड–माधव पक्षमा लागेको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई तोकेको छ ।
यस्तो अवस्थामा आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले दलको नेता कसलाई मान्यता दिने हुन् भन्ने विषय जटिल बनेको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...