ताजा समाचार

प्रतिनिधि सभा बैठकः सम्भावित कार्यसूचीमा परिवर्तन, शोक प्रस्ताव पारित गरेर सक्ने !

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

यसअघि गृह मन्त्री, कानुनमन्त्रीले सरकारले ल्याएको अध्यादेश संसद्मा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको भए पनि सभामुखले आजको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गरेर आजको बैठक सक्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाइएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक नै बोलाउनुपर्ने बाध्यात्मक अवस्था नरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org