ताजा समाचार

संसद् सचिवालयले भन्यो– दुईवटा नेकपा चिन्दैनौँ

काठमाडौं । संसद् सचिवालयले दुईवटा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नचिन्ने बताएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरुसँग कुरा गर्दै नेकपाका दुवै प्रमुख सचेतकलाई सेवा सुविधा दिएको भए पनि यो संक्रमणकालीन समय भएकोले त्यही अनुसार बुझिदिन सञ्चारकर्मीलाई आग्रह गरे ।

उनले भने, “दुवै प्रमुख सचेतकलाई सेवा सुविधा दिइएको छ । संक्रमणकालमा लिने र दिने प्रक्रिया चलिरहन्छ ।”

उनले संसद् सचिवालयले संसद्मा बस्ने नेकपाका सांसदहरुका लागि छुट्टै बस्ने व्यवस्था नगरिएको बताउँदै भने, “सत्तापक्षका सांसदहरु आफ्नो अनुकूलतामा बस्न सक्नुहुनेछ । हामीले छुट्टै व्यवस्था गरेका छैनौँ । सचिवालयले नेकपा विवादमा मान्यता दिन सक्दैन । निर्वाचन आयोगले अहिलेसम्म जानकारी गराएको छैन । हामीले नेकपा एउटै छ भन्ने बुझ्ने हो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org