ताजा समाचार

प्रचण्ड-माधव पक्षको निर्णय संसद सचिवालयका महासचिवले दर्ता गर्न मानेनन्

काठमाडौं । प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका छन् ।

महासचिवले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरुले महासचिव गौतमलाई भेटेर जानकारी लिएका छन् ।

महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको सांसद अञ्जना विशंखेले जानकारी दिइन ।  नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।

त्यसैगरी यो पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org