ताजा समाचार

संसद्‌ सचिवालयले दर्ता गर्‍यो प्रचण्ड -नेपाल समूहको निर्णय

काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहको संसदीय दलले गरेको निर्णय संसद्‌ सचिवालयले दर्ता गरेको छ । आइतबार दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्‍पकमल दाहाल, माधव नेपाल र नेकपाका नेता झलनाथ खनाललगायतका नेताहरूले संसदीय दलको निर्णय लिएर संसद सचिवालय गएका थिए । दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले दाहाललाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो ।

संसद् सचिवालयका महासचिव भरत गौतमले सुरुमा निर्णय आनाकानी गरे पनि पछि दर्ता गरेका हुन् । नेकपाका दाहाल-नेपाल समुहको निर्णय संसद् सचिवालयले दर्ता गरेको राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org