ताजा समाचार

ओली पक्षीय केन्द्रीय सदस्यहरुको बालुवाटारमा भेला

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भेला सुरु भएको एक केन्द्रीय सदस्यले बताए।

माले पुनर्स्थापित भएपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

एमालेले केन्द्रीय समितिको बैठक १ चैतमा बस्दैछ । छलफलका लागि केन्द्रीय सदस्यहरू बालुवाटारमा जम्मा भइरहेका छन् । एमालेको नवौ महाधिवेशनमा निर्वाचित आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई निम्ता गरेका थिए ।

यसअघि एमाले पुनर्स्थापित भएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग अनौपचारिक छलफल गरेका थिए । एमालेको २०५ सदस्यीय केन्द्रीय समितिमा १०५ जना ओली पक्षका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org