ताजा समाचार

बादलहरुलाई प्रचण्डको सन्देश : ‘पार्टीमा नफर्कनेलाई अब फकाउनेवाला छैन’ उतै बसे हुन्छ

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किएका छैनन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने ओली नेतृत्वको सरकारमा रहेका पार्टीका मन्त्रीहरुलाई फकाउन नजाने बताए। बिग्रेका, भाँचिएका, कुच्चिएकालाई फकाउँछु भन्दा आफ्नो हालत खराब भएको भन्दै प्रचण्डले अब त्यस्तो त्रुटी नदोहोर्याउने बताए।

‘त्यत्रो बद्मासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ तर..’गृहमन्त्री रामबहादुर थापा र खानेपानी मन्त्री मणि थापाप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘दुई जना मान्छे नभएकालाई स्थायी समिति सदस्य बनाएको त अहिले मन्त्री! अब यस्ता मान्छेलाई फकाउन पटक्कै मन छैन। साथीहरु तपाइँले भन्यो भने फर्किने भनेका छन् भन्छन्, तर मलाई फकाउन मन लाग्या छैन । उतै बस भन्या छु, यहाँ आएर फेरि रोए भने पग्लिन्छु की भन्ने डर छ।’

दुई तीन वर्ष मिहिनेत गर्यौं भने पार्टीलाई एक नम्बर बनाउन सकिने उनको दाबी छ । काठमाडौं बसेर बिग्रिएको जस्तो लाग्न थालेको भन्दे उनले अब बढी जिल्लातिर केन्द्रित हुने बताए ।

ओली नेतृत्वको सरकारलाई समर्थन गरिनराख्ने भन्दै उनले ओली ढाल्ने स्पष्ट गठबन्धन तयार भएपछि मात्रै समर्थन फिर्ता लिने बताए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org