ताजा समाचार

जसपा संसदीय दलको बैठक : विधानमै अड्कियो जसपा, नेता चुन्न सकेन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको बैठकले नेता चुन्न सकेन ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा विधानबारे छलफल सुरुवात भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आजको बैठकमा संसदीय दलको बैठकमा विधानबारे प्रारम्भिक छलफल भएको जानकारी दिए ।  उनले भने, ‘आज हाम्रो पार्टीको विधानबारे छलफल प्रारम्भ गरेका छौं । विधान टुंगिएपछि दलको नेता चुनिन्छ, कुनै समस्या छैन ।’

संसदीय दलको नेता चयन गर्नका लागि विधानकै टुंगो नलागेकाले छलफल मात्र भएको उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org