ताजा समाचार

एमाललेको २ प्रदेशको कमाण्ड पूर्वमाओवादी नेतालाई, बाग्मतीमा बादल र सुदूरपश्चिममा भट्ट

भीम रावल र अष्टलक्ष्मी शाक्यको प्रदेश ईञ्चार्जको जिम्मेवारी खोसियो

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका छन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका हुन् । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती  र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा र सुदूरपश्चिम प्रदेश लेखराज भट्टलाई  इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल,  गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org