ताजा समाचार

कांग्रेस र जसपा फकाउने रणनीति बनाउँदै माओवादी, प्रचण्डले बोलाए स्थायी समिति बैठक

काठमाडाैँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछि बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल हुने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले सबै दलका लागि सहकार्यको ढोको खोलेको छ । उसले अघि सारेका मागप्रति प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली सकारात्मक रहेको बताइन्छ । यस्तो अवस्थामा जसपा र कांग्रेसको समर्थन लिएर अघि बढ्ने वा एमालेसँगको साझेदारीलाई निरन्तरता दिनेमध्ये एकतिर माओवादी उभिन सकेको छैन ।

स्थायी समितिका एक सदस्यका अनुसार जसपा मागका सम्बन्धमा समेत बैठकमा छलफल हुने छ । ‘जसपा र कांग्रेसले साथ दिएर नयाँ सरकार बन्ने परिस्थिति निर्माण हुन सक्ने भएकाले जसपाका मागबारे स्थायी समिति बैठकमा छलफल हुने छ’, ती सदस्यले भने ।

माओवादी केन्द्रले यसअघि एमालेसहित, कांग्रेस र जसपासँग सत्ता साझेदारीका लागि वार्ता गर्ने निर्णय गरेको थियो । तर, एमाले अध्यक्ष केपी ओलीले जसपातिर साझेदारीको हात बढाएपछि माओवादी केन्द्रले थप रणनीति तय गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org