ताजा समाचार

एमाले विवाद : नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ ।   नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकले पार्टी अध्यक्ष केपी ओलीको पछिल्लो कदमबारे छलफल गरी आगामी रणनीति तय गर्ने नेता भीम रावलले जानकारी दिए ।

हिजो साँझ अध्यक्ष ओलीले आफूइतरका विभागीय प्रमुखलाई हटाएर नयाँलाई जिम्मेवारी तोक्ने एकलौटी निर्णय गरेका थिए । ओलीको यो निर्णय नमान्ने घोषणा गरेको नेपाल–खनाल समूहको हिजै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाएर अघि बढ्ने निचोड निकालेको थियो । त्यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर एक चरण छलफल गर्ने समझदारी नेताहरूबीच बनेको थियो ।

नेपाल–खनाल समूहले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org