ताजा समाचार

प्रचण्डलाई भेट्न महन्थ र उपेन्द्र पेरिसडाँडामा, छलफल जारी

काठमाडाै।  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पेरिसडाँडा पुगेका छन् ।

माओवादी स्थायी कमिटी बैठकलगत्तै पेरिसडाँडा पुगेका ठाकुर र यादव एवं  प्रचण्डसहितका शीर्ष नेताहरूबीच भेटावार्ता जारी छ ।

समसामयिक विषयमा छलफल गर्न अध्यक्षद्वयले प्रचण्डसँग भेट गरेका महन्थ ठाकुरका स्वकीय सचिव सत्यन्द्र मिश्रले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org