ताजा समाचार

समानान्तर अभ्यासमा नेपाल समूह, कसलाई के जिम्मेवारी ?

काठमाडाैँ ।  नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीको कार्य विभाजनलाई काउन्टर दिँदै समानान्तर कमिटी विस्तार गरेको छ ।

अध्यक्ष ओलीले आफू पक्षीय नेतालाई पदच्युत गर्दै कमिटी विस्तार गरेपछि नेपाल समूहले त्यसलाई चुनौती दिँदा समानान्तर कमिटी विस्तारको अभ्यास थालेको हो ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल समूहको केन्द्रीय सदस्यको बैठकले सात प्रदेशका इन्चार्जसहित विभिन्न विभागको समानान्तर जिम्मेवारी तोकेको हो ।

जसअनुसार प्रदेश- १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश- २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको अष्टलक्ष्मी शाक्यलाई, गण्डकी प्रदेशको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, प्रचार विभागको जिम्मा योगेश भट्टराई, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई र महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org