ताजा समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिघबाट बैठक सुरु भएको एक नेताले बताए।

सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।

बैठकमा संगठनात्मक संरचनाका लागि विधान परिवर्तन, एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका २३ नेतामाथिको कारबाही लगायत नयाँ सत्ता समीकरणका विषयमा कुरा हुने एक नेताले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org