ताजा समाचार

केन्द्रीय कमिटीलगत्तै प्रचण्ड र नेपाल–खनालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकबाटै दाहाल निस्केर एमालेका दुई नेतालाई भेट्न पुगेका थिए ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार पेरिसडाँडामा बसेको थियो ।

तीन नेताबीच सत्ता समीकरणबारे छलफल भएको स्रोतले जानकारी दियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन हुने सर्वोच्चको फैसलापछि दुई पक्षबीच पहिलो अनौपचारिक छलफल भएको स्रोत बताउँछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org