ताजा समाचार

ओली-नेपाल धुम्बाराहीमा भेट्दै

माधव नेपालद्वारा बालुवाटार जान अस्वीकार

काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच आज बिहान ११ बजे धुम्बाराहीस्थित एमालेको केन्द्रीय कार्यालयमा भेट हुने भएको छ ।

माधव नेपालसँग भेट्ने तयारी गर्नुपूर्व ओलीले आइतबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । उच्च स्रोतका अनुसार राष्ट्रपति भण्डारी र ओलीबीच डेढ घण्टासम्म छलफल भएको थियो ।

राष्ट्रपतिसँगको छलफल सकिएपछि ओलीले नेपाललाई फोन सम्पर्क गरेका थिए । उनले फोनमा नेपाललाई भेटका लागि बालुवाटार बोलाएका तर नेपालले बालुवाटार जान अस्वीकार गरेका थिए ।

त्यसपछि नेपालले धुम्बाराहीमा भेट्ने प्रस्ताव गरेका थिए । सुरुमा ओलीले एक्लाएक्लै भेट्ने प्रस्ताव गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको उनीनिकट स्रोतले बतायो । त्यसपछि केही नेतासहित ओ‌ली र नेपालबीच भेट हुन लागेको हो ।

पछिल्लो समय एमालेमा चर्किको विवादका बीच दुई मुख्य नेताहरुको भेटलाई महत्वका साथ हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org