ताजा समाचार

वामदेवले बोलाए छुट्टै बैठक

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच छलफल हुन लागिरहेका बेला पार्टी एकता अभियानमा लागेका एमाले उपाध्यक्ष वामदेव गौतमले भने आफ्नो छुट्टै बैठक राख्ने भएका छन्।

गौतम सचिवालय स्रोतका अनुसार ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेको विरोधमा गौतमले बैठक बोलाएका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’का संयोजक गौतमले ओलीले गरेका निर्णय खारेज गरी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने उद्घोषण यसअघि नै गरिसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org