ताजा समाचार

दोस्रो तहका नेतासहित ओली–नेपालबीच भेटवार्ता

काठमाडौं । दुवै पक्षका दोस्रो तहका नेताहरुसहित नेकपा एमालेका शीर्ष नेताहरु केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दुवै नेताहरु दोस्रो तहका नेताहरुलाई लिएर छलफलमा जुटेका हुन् ।

लामो समयदेखि नेकपामा देखिएको विवादका कारण ओली र नेपालबीच छलफल हुन सकेको थिएन ।

ओलीसँगै सुवास नेम्वाङ, ईश्वर पोख्रेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली रहेका छन् भने नेपालसँग भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघुजी पन्त रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org