ताजा समाचार

बालुवाटारको एकलौटी निर्णयमा अड्कियो ओली र नेपाल समूहको धुम्बाराहिको वार्ता

काठमाडौं । नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र झलनाथ खनाल- माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ ।

विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो पटक औपचारिक वार्तामा बसेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी भएका थिए । वार्तामा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको पदाधिकारी हटाउने लगायतका एकलौटी निर्णय रद्ध हुनुपर्ने बताएका छन् ।

सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ मा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेताहरुले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौं’ उपाध्यक्ष भीम रावलले भनेका छन् ।

उनका अनुसार नेपाल समूहले दुबै पक्षले आफू खुसी गरेका सबै गतिविधि स्थगित गर्न समेत प्रस्ताव गरेको थियो । तर अध्यक्ष ओली २८ गतेको निर्णय स्थगित गर्न सहमत भएनन् ।

दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि फेरि छलफल गर्ने भन्दै नेताहरु छुट्टिएका छन् । तर कहिले छलफल गर्ने भन्ने टुंगिएको छैन । ‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ भेटमा सहभागी नेता रघजुी पन्तले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org