ताजा समाचार

गृहमन्त्री ‘बादल’ र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।गृह मन्त्रालयमा आज भएको भेटमा नेपाल-पाकिस्तानद्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतका रूपमा कार्यभार सम्हालेका माहैदरलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै राजदूत हैदरकोे कार्यकालमा नेपाल-पाकिस्तान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद पनि मन्त्री थापाले दिए।

आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास मन्त्री थापाको छ।

उनले केही समयअघि मात्रै नेपाली पर्वतारोही टोलीले पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको हिउँदमा सफल आरोहण गरेको स्मरण गर्दै सो कार्यमा पाकिस्तान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालिम, अनुभवलगायतमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्नेमा मन्त्री थापाले जोड दिए।

राजदूत हैदरले नेपाल-पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो कार्यकालमा नेपाल-पाकिस्तान सम्बन्ध थप मजबुत बनाउने सक्दो पहल गर्ने बताएका छन्।

उनले नेपालको विकास र समृद्धिमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताउँदै नेपाललाई विभिन्न क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे।

नेपालीहरूको क्रिकेट खेलप्रतिको आकर्षणबाट प्रभावित भएको भन्दै नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न इच्छुक रहेको राजदूत हैदरले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org