ताजा समाचार

राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आह्वान

काठमाडाैँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको छ।

‘भोलिको सर्वदलीय बैठकमा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीज्यूलाई पत्र पठाएको छ,’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने संभावना भएका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org