ताजा समाचार

वामदेवको एकता अभियान बैठक आज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले  एकता अभियानको बैठक बोलाएका छन्।

उनले मंगलबार (आज) ११ बजे बैठक बोलाएका हुन्। एकता अभियानका सचिव तथा एमालेका युवा नेता बाबुराम थापाका अनुसार कार्यसम्पादन समितिको बैठक बल्खुको सिद्धिगणेश  पार्टी प्यालेसमा बोलाइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बसेको बैठकले नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए। सोही बैठकले उपाध्यक्ष गौतमको पनि जिम्मेवारी खोसेको छ।

उनले अध्यक्ष ओलीले सबैलाई समेटेर जानुपर्ने बेलामा विधान विपरित गतिविधि गरिरहेकाले एकताका लागि कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न  अभियानको बैठक बोलाइएको हो ।

नेकपाको एकता भंग हुनुअघि एकता अभियान चलाइरहेका गौतमले सर्वोच्च अदालतले एकता भंग गरेपछि पनि एमाले भित्रको एकता गराउने भन्दै लागि परेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org