राष्ट्रपतिद्वारा आज ४ बजेका लागि सर्वदलीय बैठक आह्वान
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आज छलफलका लागि बोलाएकी छिन् ।
राष्ट्रपतिले अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठकका रुपमा राष्ट्रपति कार्यालय बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
देशमा राजनीतिक संकट चुलिइरहेको बेला राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलमा बोलाएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता राजनीतिक खिचातानी चलिरहेको छ ।
सर्वोच्च अदालतले फागुन ११ मा प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर गरेपनि फागुन २३ मा सर्वोच्च अदालतले फेरि नेकपा विघटन गरिदिएपछि सरकार नै धरापमा परेको छ । सर्वोच्चको फैसला अनुसार एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने पहल गरिरहेको छ भने एमाले भित्रैपनि तीव्र मतभेद रहेको छ ।
दलहरुदलाई छलफलमा बोलाएर राष्ट्रपतिले राजनीतिक अन्योलतालाई निकाश दिन आग्रह गर्ने बताइएको छ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल एमाले रहेको छ भने काँग्रेस, माओवादी केन्द्र र जसपा क्रमशः दोस्रो, तेस्रो र चौथो हैसियतमा रहेका छन् । यस्तै जनमोर्चा, नेमकिपा र राप्रपाका सांसद स्वतन्त्र हैसियतमा रहेका छन् ।
Comments
अरु समाचार
-
पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा...
-
रिहा भए रवि लामिछाने, काठमाडौं अदालतमा आफैँ उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।...
-
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा छु : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्...
-
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको...
-
सहकारी ठगी मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । अदालत...
-
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाहेका छन् ।...
-
कोशी प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री...
-
गैँडाको खाग र लागु औषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ...
-
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि...