बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद
काठमाडाैँ । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।
सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो।
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।
आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो।
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए।
अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए।
Comments
अरु समाचार
-
धनुषामा एकैदिन दुई पुरुषको शंकास्पद हत्या
जनकपुरधाम । धनुषामा एकैदिन दुई जनाको शंकास्पद हत्या भएको छ । बिहीवार विहान क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँपको बगैंचामा...
-
मेगा बैंकको एटिएम ह्याक गरेर पैसा चोर्न खोजिरहेका चिनियाँ नागरिक पक्राउ
काठमाडाैँ । दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर...
-
महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र किशोरी भारतमा भेटिए
काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्। उनीहरु नेपाली...
-
शेष घलेको नक्कली भाइ गमबहादुर पक्राउ
काठमाडाैँ । आफूलाई खर्बपति व्यापारी तथा गैरआवासीय नेपालीहरूको संगठन (एनआरएन) का पूर्वअध्यक्ष शेष घलेको नक्कली भाइको भेषमा दुनियाँलाई ठग्दै हिँडेका...
-
रेडपाण्डाको छालासहित तिन जना पक्राउ
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को चोरी शिकारीमा वर्षौंदेखि संलग्न तीन जनालाई सोलुखुम्बु प्रहरिले पक्राउ गरेको छ । दुर्लभ...
-
२ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडाैँ । डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय...
-
भागरथीका परिवारले शव बुझ्दै, आजै दाहसंस्कार गरिने
काठमाडाैँ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु...
-
भागरथी हत्या प्रकरणः अभियुक्त भट्टलाई पाँच दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अदालतकाे अनुमति
काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
-
भागरथीको हत्याका अभियुक्त दिनेश भट्ट सार्वजनिक
काठमाडाैँ । बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ...