ताजा समाचार

बालुवाटारमा प्रधानमन्त्रीको चियापान कार्यक्रम, नेपाल समूहको सानेपामा पत्रकार सम्मेलन

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज चियापन कार्यक्रम आयोजना गरेका छन्।

सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि चियापान कार्यक्रम राखिएको हो। नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला ओलीले चियापान कार्यक्रम राखेका हुन्।

चियापान कार्यक्रममा सबै केन्द्रीय सदस्यहरु तथा अन्य नेता कार्यकर्तालाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सबैलाई मोबाइल एसएमएसफर्मात निमन्त्रणा पठाईको हो।

तर, ओलीले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने नजाने भएको छ।

नेपाल-खनाल समूले ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो।

अध्यक्ष ओली पार्टीमा एकलौटी ढंगले अगाडि बढेको भन्दै नेपाल समूह रुष्ट बनेको छ। नेपाल समूहले यहि ४ र ५ गते राष्ट्रिय भेला समेत बोलाएको छ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेका थिए। साथै विभिन्न प्रदेश र संगठनमा समेत नयाँ नियुक्ति गरेका थिए।

नेपाल समूहले उक्त निर्णय खारेज गर्नुपर्ने अगाडि राखेको छ। हिजो बसेको दुई पक्षबीचको बैठकमा अध्यक्ष ओलीले भने उक्त निर्णय फिर्ता नहुने प्रष्ट पारेका थिए। नेपाल समूहले भने उक्त निर्णय फिर्ता नलिएर कुनै कार्यक्रम पनि बहिस्कार गर्ने र ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने बताएका हुन्।

हिजोको बैठकका दुवै पक्ष आ आफ्नै अडानमा कायम रहेपछि कुनै निर्णय हुन सकेको थिएन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org