ताजा समाचार

राष्ट्रपतिले छलफलमा बोलाएपछि जसपाको बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आज बस्ने तय भएको पदाधिकारी बैठक स्थगित भएको छ।

नेता अशोक राईका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य राजनीतिक दलको छलफल बोलाएकीले बैठक स्थगित गरिएको हो। बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो बोलाइएको थियो।

जसपामा सत्ता समीकरणमा सहभागी हुने वा नहुने भन्नेबारे बहस चलिरहेको छ। नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org