ताजा समाचार

बालुवाटारमा ओलीको चियापान सुरू, नेपाल समूहका पनि केही सांसद उपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ ।

चियापन समारोहमा ओली समूहमा रहेका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् भने नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसदहरु उपस्थित भएका छन् ।

“पार्टी एकता कायम हुनुपर्छ भन्ने केही सांसदहरु आउनुभएको छ,जो हिजोसम्मै माधव नेपालसँगै हुनुहुन्थ्यो,” बालुवाटार स्रोतले भन्यो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका प्रभावशाली नेताहरु भने ओलीले आयोजना गरेको चियापान समारोहमा उपस्थित छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org