ताजा समाचार

पार्टीमा भाँडभैलो मच्चाउने गतिविधि स्वीकार्य छैन : प्रधानमन्त्री ओली

‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै  एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए ।

पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’

‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’

पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org