ताजा समाचार

वाईसीएलको राष्ट्रिय भेला जेठ २८ देखि ३० गतेसम्म

काठमाडौं। योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल)को राष्ट्रिय भेला २०७८ साल जेठमा हुने भएको छ।

चैत ४ र ५ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जेठ २८ गतेदेखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

महासचिव सुवोधराज सेर्पालीका अनुसार बैठकले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णयसमेत गरेको छ। सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भउको उनको भनाइ छ।

‘बैठकले पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ। सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भएको छ’, सापकोटाले भने, ‘संगठनको राष्ट्रिय भेला २०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org