ताजा समाचार

‘जात त्याग गरेर पुष्पकमल दाहालबाट ‘प्रचण्ड’ भएको हुँ’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै वर्ष पहिले नै जात त्यागेको बताएका छन।

अन्तर्राष्ट्रिय विभेद उन्मुलन दिवसका अवसरमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा उनले जात त्यागेर नै आफूले आफ्नो नाम   रुपान्तरण गरेको बताए । ‘प्रचण्ड भनेको जात होइन,’ उनले भने, ‘प्रचण्डभित्र दलित, महिला, उत्पीडित, पूर्वेली, पश्चिमेली सबै छ ।’

दाहालले आफूले दलित नेताबाटै कम्युनिस्ट सदस्यता लिएको स्मरणसमेत गरे ।

माओवादी विद्रोहमा दलितहरु सवैभन्दा बढी सम्मानित भएको बताउँदै दाहालले परिवर्तन रक्षाका लागि सदैव लड्ने उल्लेख गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org