ताजा समाचार

सहमति कार्यान्वयनकाे माग गर्दै विप्लव पुगे बालुवाटार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्।

ओली र विप्लव समूहबीच सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले  जानकारी दिए।

‘पार्टी महासचिव र प्रवक्ता सहमति कार्यान्वयनका बिषयमा छलफल गर्न बालुवाटार जानुभएको हो। त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएका छौँ’ उनले भने।

ओलीसँग पार्टीका जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा खारेजीलगायतका बिषयमा छलफल भएको उनले बताए। ‘बन्दी रिहाइको प्रक्रिया त चलिरहेको छ। तर, हामीले त्यसलाई छिटो गर्नुपर्यो भनेका हौँ’ उनले भने।

सरकारसँग विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने तीन बुँदे सहमति भएको थियो। फागुन २१ गते विप्लव समूह भूमिगत जीवनबाट बाहिर आएको थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org