ताजा समाचार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् ।

उनका अनुसार बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले  फिर्ता लिएको छैन ।

माओवादीले समर्थन फिर्ता नलिएरै ओलीको विकल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग संवादमा अगाडि बढाएको थियो । काँग्रेस र जसपाले माओवादीलाई समर्थन फिर्ता नगरेकाले राजनीतिक निकासको ढोका नखुलेको बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org