ताजा समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा सुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको भए पनि सिंहदरबारमा रहेको संसदीय दलको बैठक हलमा स्थायी कमिटीको बैठक बसेको हो ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल गर्न लागेको बताइएको छ ।

माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाए पनि समर्थन भने फिर्ता लिएको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको गृहकार्य नै अघि नबढ्ने अन्य दलका नेताहरुको टिप्पणी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org