ताजा समाचार

सर्वोच्‍चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्‍द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्र नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने भएको छ ।

मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्‍द्र पौडेलले जानकारी दिए ।

उनकाअनुसार माओवादीले यस्तो निर्णय लिनु पहिले कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । कानुन व्यवसायीहरूले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org