ताजा समाचार

प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्न प्रपञ्च रचिदैँछ

अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्

काठमाडाैँ । सांसद तथा कांग्रेस नेता गगनकुमार थापाले सकरारले संसद्लाई ‘पङ्गु’ बनाउन खोजेको भन्दै यसको उचित निर्णय जनताले लिने बताएका छन् । मंगलबार संसद्को शून्य समय (एक मिनेट)मा बोल्दै उनले संसदको गरिमा जोगाउन आफूहरू डटेर लड्ने तर यथोचित सम्बोधन जनताले गर्ने बताएका हुन् ।

शून्य समयमा थापाको सम्बोधन :

कहिले प्रश्न छल्न अठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद् भं‌ग । अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने बनाउनका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च रचिन्छ ।

यो विधेयक अधिवेसनका लागि हामी काम गर्न तयार छौँ । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसद्लाई एउटा विधेयक पनि नदिने अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभाका लागि बैठक नबोलाउने । 

हामी स्पष्ट छौँ । जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ । हामी हाम्रो ठाउँबाट डटेर संसद्को गरिमा कायम राख‍्नका लागि लड्नेछौँ बाँकी जिम्मा जनताको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org