ताजा समाचार

ओलीलाई माधव नेपालको चुनौतीः ‘हिम्मत छ निकाल्ने? निकाल्नुस् त!’

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

मंगलबार आफू पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा रहेका बताएका हुन्।

उनले भने, ‘ओली विभाजनको पक्षमा छन्, ‘हामी एकताको पक्षमा छौँ।’ आफूहरुको लडाईं ओलीको विरुद्ध नभई ओली प्रवृतिको विरुद्धमा भएको उनको भनाइ छ। केपी ओली पार्टीमा सुरुदेखि नै गुटमा लागेको नेता नेपालको आरोप छ।

पार्टी विचारहीन मानिसहरुको जमात नहोस् भन्ने आफ्नो चाहना भएको उनले बताए।

आफूलाई ओलीले स्पष्टिकरण सोधेको भन्दै कारबाही गरेर देखाउन उनले चुनौती दिए। उनले भने, ‘हिम्मत छ निकाल्ने? निकाल्नुस् त!’

उनले नेकपा एमाले आफूहरुको भएको बताए। उनले भने, ‘ओलीले जालझेल गरेर कब्जा गरे भने विचार गरौँला। नभए नेकपा एमाले हाम्रो हो।’

आफूहरु ओलीको अगाडि नलत्रिने उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org