७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्नू
काठमाडौँ । कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।
‘कोरोनाको जोखिम बढ्ने संकेत गरिएको भएर गृहले प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो,’ आचार्यले भने, ‘स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्ने अनुमान गरेको भएर हामीले सतर्क हुन निर्देशन दिएका हौँ ।’
गृहले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउनु भनेर परिपत्र गरेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई...
-
विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवादबारेमा लाल आयोगको प्रतिवेदनमा के छ ?
काठमाण्डौ । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
राउटेको जनसङ्ख्या १ सय ३५ मा झर्यो, अस्तित्व नै सङ्कटमा
सुर्खेत । राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको...
-
मन्त्रालयले पत्र पठाएपछि बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा उठाउन नेपाल...
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
उद्योगमा काटिएको बिजुली आज मध्यान्ह १२ बजेसम्म जोड्न सरकारको निर्देशन
काठमाण्डौ । सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार मध्यान्ह १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको...