ताजा समाचार

विप्लवका नेतालाई भेट्न महरासहितका नेताहरु नख्खु कारागारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरासहितका नेताहरुले नख्खु कारागारमा  नेत्र विप्लव चन्द ‘विप्लव’ समूहका नेतालाई भेटेका छन् ।

बुधबार दिउँसो विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वली र माओवादीका केन्द्रिय नेता श्रीचनराय यादवलाई भेट्न उनीहरु नख्खु कारागार पुगेका हुन् । भेटमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्ति बस्नेत, केन्द्रिय सदस्य गणेशमान पुन पनि सहभागि थिए ।

भेटमा समसामायिक राजनितिक विषयको बारेमा छलफल भएको सहभागि एक नेताले जानकारी दिए ।

हालै सरकार र विप्लव समूहबीच भएको तीन बूदेँ सहमतिअनुसार विप्लवका नेता कार्यकर्ता नछुटिरहेको अवस्थामा भएको सो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org