ताजा समाचार

पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा

काठमाडाैँ । नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रमका बीच धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।

कृषि मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको हो । प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको छ । मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३.५ किलो रहेको मन्त्रालयले जनाएको छ । यस्तै दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता भने ७९ लिटर मात्रै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org